-

काठमाडौँ । थपिएका नयाँ मतदाताको विवरण नागरिक एपमा लाइभ भएको छ । पछिल्लो समय थपिएका करिब १० लाख नयाँ मतदाता परिचयपत्र निर्वाचन आयोगको सिस्टममा थपिनुका साथै नागरिक एपमा लाइभ गरिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नयाँ मतदाता परिचयपत्र लाइभ भए पनि केही प्राविधिक समस्या आउन सक्ने र त्यसलाई क्रमशः समाधान गर्दै लगिने गरिने बताए । “हाम्रो वेबसाइट वा नागरिक एपबाट मतदाता परिचयपत्रको स्क्रिनशट लिएर प्रिन्ट गर्न सकिन्छ,” उनले भने, “मतदानका क्रममा त्यसलाई मुख्य परिचयपत्र भन्दा पनि सपोर्टिभ प्रमाणको रूपमा देखाएर भोट हाल्न सकिनेछ ।”
भोटर आईडी नम्बर, जन्म मिति लगायतका विवरण राखेर नागरिक एपमा सजिलै भोटर कार्ड लिङ्क गराउन सकिन्छ । यसरी लिङ्क भएपछि नागरिक एपमै फोटो सहितको मतदाता परिचयपत्र देखिन्छ ।
हाललाई नागरिक एपमा स्क्रिनशट लिन नमिल्ने बनाइएको छ । तर आगामी अपडेटबाट स्क्रिनशट लिन सकिने सुविधा दिइने नागरिक एपका एक अधिकारीले जानकारी दिए ।
यदि तपाईँलाई आफ्नो नयाँ मतदाता परिचयपत्र नम्बर थाहा छैन निर्वाचन आयोगको वेबसाइटमा गएर अथवा यहाँ क्लिक गरेर थाहा पाउन सक्नु हुनेछ । त्यसका लागि तपाईँले निर्वाचन आयोगमा मतदाता नामावली दर्ताका क्रममा भरेको प्रदेश, जिल्ला, गाउँपालिका तथा नगरपालिका, वडा नम्बर र मतदान स्थल लगायतको विवरण राखेर खोज्नुपर्ने हुन्छ ।
News Desk 0 response शनिबार, माघ ११, २०८२
सम्बन्धित शीर्षकहरु
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२ -
४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको..
शनिबार, चैत्र ७, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शनिबार, चैत्र ७, २०८२ -
जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २०..
बिहिबार, चैत्र ५, २०८२
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
नवनिर्वाचित सांसदलाई शपथमा बोलाइयो, यस्ता छन् सर्त
शुक्रबार, चैत्र ६, २०८२ -
बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ..
शुक्रबार, चैत्र ६, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शुक्रबार, चैत्र ६, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२