-
११ माघ, काठमाडौं । देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह आएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो । ६ माघमा चुनावी उम्मेदवारको नाम दर्ता भएसँगै बढ्न सेयर बजार सकारात्मक हुँदै आएको छ । गत साता बुधबार ९ अंकले ‘करेक्सन’ भएको सेयर बजार सूचक अन्य कारोबार दिन बढेको थियो ।
गत साताभरि करिब ७० अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यो साता पहिलो दिन आइतबार नै साढे ५७ अंकले बढेको हो । आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २७१४.६१ अंकमा रहेको नेप्से बन्द हुँदा ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका २ सय ४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्स समेत ८.०५ अंकले बढेको छ ।
तोकिएको समयमा निर्वाचन सम्पन्न भए पनि राजनीतिक स्थिरता आउने अपेक्षामा लगानीकर्ताले लगानी बढाउन थालेको देखिन्छ । त्यसैगरी नेप्सेमा सूचिकृत कम्पनीको चालु आर्थिक वर्ष दोस्रो त्रैमासको कार्यसम्पादन विवरण आउन थालेपछि सेयर बजार सूचक सुधारमा थप मद्दत पुगेको हो ।
आइतबार सेयर बजार सूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च सुधार आएको छ । नेप्सेमा नयाँ लगानीकर्ता प्रवेश तथा पुराना लगानीकर्ताको लगानीमा वृद्धि भएपछि कारोबार रकम पनि बढेको हो । आइतबार नेप्से कारोबार रकम नै करिब १४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २४.९१, विकास बैंक ९९.०९, वित्त ४५.२९, होटल २४६.२५, जलविद्युत् ९५.९९, लगानी २.९९, जीवन बीमा २६८.६८, उत्पादनमूलक २७५.२९, लघुवित्त ८१.१०, सामूहिक लगानी कोष ०.२०, निर्जीवन बीमा २२०.७५, अन्य ३७.९६ र व्यापार ५६.९३ अंकले बढेका छन् ।
आइतबार नेप्सेमा कारोबार भएका १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी नेप्सेमा ३ सय ३१ कम्पनीको १ लाख ३३ हजार ५ सय २९ कारोबारबाट १३ अर्ब ७८ करोड बराबरका ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यो कारोबार रकम गत साता बिहीबारको तुलनामा करिब ४ अर्बले धेरै हो । बिहीबार नेप्सेमा ९ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।
News Desk 0 response आइतवार, माघ १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२