-
काठमाडौं – पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो । -रातोपाटीबाट
News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२
सम्बन्धित शीर्षकहरु
-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२