• काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

    बास्तोलासँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि पक्राउ गरेका छन् ।

    नेकपा (बहुमत) ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत) ले नेपाल बन्दको घोषणा गरेको थियो। ग्रामीण क्षेत्रमा हल्का प्रभाव देखिएता पनि उपत्यकामा बन्दको कुनै असर परेको थिएन ।