-
बैतडी – बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । सोमबार मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट ९युवराज० को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका थिए । यससँगै बैतडीमा एक महिना अवधिमा मृत्यु भएका निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ ।
बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर स्वास्थ्य केन्द्रका पुर्याउँदा डाक्टरले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको थियो । यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको थियो । उनी घरमै अचेत भएर ढलेका थिए ।
यसैगरी गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।
News Desk 0 response सोमवार, फाल्गुन ११, २०८२
सम्बन्धित शीर्षकहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के हुन्छ सभापति थापाको राजिनामा ?
बिहिबार, चैत्र ५, २०८२-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२ -
४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको..
शनिबार, चैत्र ७, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शनिबार, चैत्र ७, २०८२ -
जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २०..
बिहिबार, चैत्र ५, २०८२
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
नवनिर्वाचित सांसदलाई शपथमा बोलाइयो, यस्ता छन् सर्त
शुक्रबार, चैत्र ६, २०८२ -
बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ..
शुक्रबार, चैत्र ६, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शुक्रबार, चैत्र ६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के हुन्छ..
शुक्रबार, चैत्र ६, २०८२