-
बैतडी – बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार
डिलासैनी गाउँपालिका वडा न ७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको हो ।झडपमा परी घाइते हुनेमा डिलासैनी– ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अम्दाजी २६ वर्षीय माधव धामी रहेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । यस विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १३, २०८२
सम्बन्धित शीर्षकहरु
-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२