-
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने चर्चाका बिच अन्तिम सूचीमा नपरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। सदन छिर्ने अवसर नपाए पनि उनले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देशको हित ठुलो हुने भन्दै सकारात्मक भाव व्यक्त गरेका हुन्।
उनले क्रिकेट मैदानको अनुभवलाई राजनीतिसँग जोड्दै आफू टिमको ११ जनाभित्र रहे पनि वा नरहे पनि देशले जित्नुपर्ने कुरामा जोड दिएका छन्। मल्लले खेलकुदमा जस्तै राजनीतिमा पनि व्यक्तिगत रेकर्डभन्दा टिमको जित अर्थात् जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्य प्रमुख हुनुपर्ने उल्लेख गरेका छन्।
उनले निर्वाचनमा आफ्नो अमूल्य मत दिएर परिवर्तनको पक्षमा उभिने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै रास्वपा परिवार, कुमार बेन र वरिष्ठ नेता बालेन शाहप्रति विशेष कृतज्ञता प्रकट गरेका छन्। पद प्राप्तिको विषयलाई सामान्य रूपमा लिँदै उनले आफू सदनमा रहे पनि वा सडकमा रहे पनि सधैँ देशको सेवामा लागिरहने प्रतिबद्धता जनाएका छन्।
उनले लेखेका छन्,’क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन।’
खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा हृदयदेखि नै धन्यवाद। मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु।
म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार(जित भन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो।
News Desk 0 response आइतवार, चैत्र १, २०८२
सम्बन्धित शीर्षकहरु
-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२