• काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

    पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो ।

    फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। पार्टीका तर्फबाट प्रत्यक्षतर्फ १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिकबाट ५७ जना सिफारिस भएका छन्। रास्वपासंग संसदमा १८२ जना सांसद रहेका छन जुन संख्या दुई तिहाई भन्दा २ सिट मात्र कम हो । सबै दलका समानुपातिकतर्फ सांसदले भने निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छैनन् ।