-
काठमाडौं – हालै भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टिले लज्जास्पद नतिजा ल्याएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका हुन्।
‘सभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको छ। केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान भएको छ, त्यही उक्त राजीनामाबारे छलफल हुन्छ,’ कांग्रेसका एक पदाधिकारीले काठमाडौं बुलिटिनलाई भने।
सभापति थापाले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ। कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए। विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ र मुद्दा विचाराधिन छ।
चुनावमा अधिकांश उम्मेदवारहरू पराजित भएपछि सभापति थापाको आलोचना हुँदै राजीनामा माग भइरहेको थियो।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२
सम्बन्धित शीर्षकहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के हुन्छ सभापति थापाको राजिनामा ?
बिहिबार, चैत्र ५, २०८२-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२ -
४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको..
शनिबार, चैत्र ७, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शनिबार, चैत्र ७, २०८२ -
जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २०..
बिहिबार, चैत्र ५, २०८२
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
नवनिर्वाचित सांसदलाई शपथमा बोलाइयो, यस्ता छन् सर्त
शुक्रबार, चैत्र ६, २०८२ -
बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ..
शुक्रबार, चैत्र ६, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शुक्रबार, चैत्र ६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के हुन्छ..
शुक्रबार, चैत्र ६, २०८२