-
काठमाडौं – संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ । सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ ।
शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ ।
सचिवालयले सबैजनलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ । नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची-३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
संसद् सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ-आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०८२
सम्बन्धित शीर्षकहरु
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
शनिबार, चैत्र ७, २०८२-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२ -
४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको..
शनिबार, चैत्र ७, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शनिबार, चैत्र ७, २०८२ -
जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २०..
बिहिबार, चैत्र ५, २०८२
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
नवनिर्वाचित सांसदलाई शपथमा बोलाइयो, यस्ता छन् सर्त
शुक्रबार, चैत्र ६, २०८२ -
बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ..
शुक्रबार, चैत्र ६, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
शुक्रबार, चैत्र ६, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२