-
काठमाडौं – प्रत्येक निर्वाचनमा राष्ट्रिय स्तरको चासो, बहस र मिडियाको आँखामा पर्ने डडेल्धुरा जिल्लालाई २०८२ सालको निर्वाचनले खासै छोएको छैन । २०४८ सालको आम निर्वाचन पश्चात प्रत्येक आम निर्वाचनमा विजयी हुँदै आइरहेको नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा यस पटकको निर्वाचनमा सहभागि भएका छैनन त्यसले पनि डडेल्धुरा जिल्लाको निर्वाचन माहोल माघ महिनाको चिसो जस्तै कठ्याङ्र्ग्रीएको छ । अन्य राजनैतिक दलका उम्मेदवारहरु निर्वाचनमा विस्तारै विस्तारै आफ्ना गतिविधिहरु अघाडी वढाइरहेको बेला जिल्लाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस आफ्नै आन्तरीक समस्याको कारण आफ्ना चुनावी गतिविधिहरुलाई तिब्र रुपमा अघाडी वढाउन सकिरहेको छैन त्यसका प्रमुख दुई वटा कारक रहेको काँग्रेसजनको बुझाई रहेको पाइएको छ । पहिलो शेर बहादुर देउवाको अनुपस्थिती र दोश्रो नैन सिंह महरको उपस्थिती ।
नैन सिंह महरको विषयमा अहिले जिल्लामा दुई धार अघाडी देखिएको छ पहिलो काँग्रेसको उम्मेदवार भएकाले हामिले सहयोग गर्नुपर्दछ भन्ने एक थरीको धारणा रहेको छ भने अर्कोथरी काग्रेस कार्यकर्ताहरुले महरको उम्मेदवारीमा देउवाको धारणा के हो भनेर पर्खिरहेका छन । देउवाको विरासत थाम्न डडेल्धुरा आएको भन्ने महरलाई देउवाको सहयोग बेगर वडास्तरको निर्वाचन जित्ने अवस्था नरहेको काँग्रेस भागेश्वरका नेता रमेश ठकुराठी वताउछन उनका अनुसार देउवा आएको खण्डमा कार्यकर्ता तहमा पनि भोट माग्न सजिलो हुने तर हालकै अवस्थामा महरको पक्षमा माहोल बनाउन एकदमै गाह्रो हुने बताए ।
काँग्रेस कार्यकर्ता तथा आम नागरिकको तहमा पनि जिल्लामा खासै सम्पर्कमा नरहेका महरले यहि अवस्थामा डडेल्धुरा जिल्लामा निर्वाचित हुन सक्ने देखिदैन । जिल्लाको विकासमा खासै योगदान नगरेका, डडेल्धुरा जिल्लामा यस भन्दा अघाडी पनि शेर बहादुर देउवा आउदा मात्र आउने र जिल्लाको मुद्धाहरुमा बहस पैरवी गरेको नदेखिएकाले उनी कार्यकर्ता तथा मतदाता माझ खासै भिजेका छैेनन । नेविसंघको केन्द्रिय सभापति र शिक्षा बिभागको प्रमुख रहदाँ जिम्मेवारी ननिभाएको साथै समयमै नेविसंघको अधिवेशन समयमै गर्न नसक्दा आफ्नै टिमका उप–सभापति र महामन्त्रीले राजीनामा दिएको घटनाहरुले पनि उनको क्षमतामा प्रश्न गर्ने ठाँउहरुरहेको नेविसंघका कार्यकर्ताहरु बताउछन । नेपाल विद्यार्थी संघको केन्द्रिय सभापति देखि नेपाली काँग्रेसको केन्द्रिय शिक्षा बिभागको प्रमुख बनाउन सम्म देउवाकै सहयोग र सद्भाव पाएका महरले अहिले देउवालाई छाँयामा राखेर प्रतिनिधि सभाको उम्मेदवारको टिकट लिनु भनेको उनले देउवालाई मात्र नभई आफ्नो स्वाभिमान माथि नै गद्दारी गरेको बुझाई काँग्रेस कार्यकर्ताहरुमा रहेको छ ।
डडेल्धुरामा हाल सबै भन्दा चासोको विषय भनेको नैन सिंह महर देउवाले पठाएको उम्मेदवार हो की होइन भन्नेमा रहेको छ यसको उत्तर नपाउँदा सम्म डडेल्धुरा काँग्रेस कार्यकर्ताहरु खासै खुल्ने मनस्थितीमा नरहेको अजयमेरु ३ का काँग्रेस कार्यकर्ता गणेश भाटले जानकारी दिए । उनका अनुसार महरले देउवाले नै उम्मेदवारको रुपमा आफुलाई पठाएको भनेता पनि सो कुरा कार्यकर्ताहरुले देउवाकै मुखबाट सुन्न चाहेको बताए । यता देउवा निवासबाट आएको खबरले पनि महरले यो चुनाव सहज छैन भन्ने संकेत पाइसकेका छन । बुधबार काठमाडौमा डडेल्धुरा काँग्रेस कार्यकताहरुलाई जम्मा गरेर आफ्नो पक्षमा माहोल बनाउन लागेका महरले शेर बहादुर देउवासंग भेट नपाएको खबरले झन कार्यकर्तातहमा अन्यौल छाएको छ । आफु देउवाकै उत्तराधिकारी भएको जिकिर गरिरहेका महरले पछिल्लो समयमा आफुले प्रयोग गर्ने प्रचार सामाग्रीहरुमा शेर बहादुर देउवाको ठूलो फोटोहरु राख्ने गर्दछन । विशेष महाधिवेशनमा देउवाको पक्षमा लागेको जस्तो गरेको तर निर्वाचनमा टिकट पाउनको लागी निरन्तर गगन थापा समुहको सम्पर्कमा रहेको र पाँच गते राति सम्मनै विभिन्न व्यक्तिहरुलाई फोन गरेर लविङ गरेको विवरणहरु देउवा निवास पुगेपछि उनको विषयमा देउवा निवास सकारात्मक बन्न नसकेको स्रोतले जानकारी गराएको छ ।
News Desk 0 response बिहिबार, माघ १६, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३