-
काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएकाले यसलाई परास्त गर्नुपर्ने बताएका छन्।
सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको बताउँदै उनले मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने भनाइ राखे।
‘सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको हो,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने नै छ।’
राउतले पार्टी कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले नचल्ने भन्दै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने बताए।
यस्तै, संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएकाले सो पार्टीले बैठकबाट निर्णय नै गरेको बताउँदै उनले भने, ‘संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएको छ, सो पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो। यसर्थ मधेश यी संघीयता विरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ। त्यो नै मधेशी शहीदको सम्मान हुनेछ।’
News Desk 0 response शुक्रबार, माघ १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३