-
काठमाडौं – नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले आफूहरू लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको बताएका छन्।
कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले आयोजना गरेको संयुक्त चुनावी अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेसले विध्वंसलाई कहिले पनि स्वीकार नगर्ने बताए।
उनले भने, ‘समाज बिथोलिएको छ, देशलाई कमजोर गर्ने कोसिस भएको छ। २४ गतेको विध्वंसकारी घटना भयो। अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने पार्टी नेपाली कांग्रेस नै हो। अरू कसले लड्छरु हामी त्यसको पक्षमा सधैँ छौँ। तर विध्वंसलाई हामी कहिले पनि स्वीकार गर्दैनौँ।’
उनले देशमा विकास निर्माणको नयाँ चरणको सुरुवात गर्न चाहेको बताए।उनले भने, ‘हामीलाई काम गर्नै दिएन। पटक–पटक अवरोध आयो। कहिले माओवादी हिंसा द्वन्द्वको नाममा दशौँ वर्षसम्म देशले भोग्यो। त्यसबाट फेरि नेपाली कांग्रेसकै नेतृत्वमा हामीले शान्ति स्थापना गरेर संविधान ल्यायौँ। फेरि अहिले तथाकथित जेनजीको नाममा, रियल नवयुवाहरू तिनीहरू जहिले पनि शान्तिको पक्षमा छन्, सुशासनको पक्षमा छन्, निर्माणको पक्षमा छन्। तर को–को कहाँ–कहाँबाट घुसेर त्यसलाई चाहिँ किसिम बिथोलियो र एउटा विध्वंसको एउटा तस्बिर प्रस्तुत गरियो।’
उनले जेनजी आन्दोलनले देशलाई धेरै वर्ष पछाडि धकेलेको बताए। उनले आफू अर्थमन्त्री हुँदा झन्डै ७ अर्ब बजेट विनियोजन नुवाकोट जिल्लामा गराएको समेत बताए।
News Desk 0 response शुक्रबार, माघ १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३