-
काठमाडौं – निर्वाचन आयोगले बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ। थापाले दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। थापाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उनले बागमतीका मुख्यमन्त्री ईन्द्र बानियाँलाई लक्ष्य गरी गाली गरेको भन्दै निवेदन परेपछि आयोगले स्पष्टीकरण सोधेको छ। मुख्यमन्त्री बानियाँले थापाले आफूमाथि आरोप लगाउँदै गाली गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए। समयमै सडक नबनाएको भन्दै थापाले मुख्यमन्त्री बानियाँलाई लक्ष्य गरी अभिव्यक्ति दिएका थिए।
मुख्यमन्त्री बानियाँले भने उक्त सडक ठेक्काको अवधि २०८४ सम्म रहेको र हिउँ परेका बेला बाटो बनाउन गाह्रो हुने कुरा बताएका थिए भने आफूले उक्त कम्पनी छाडिसकेको उनको दाबी थियो। आयोग स्रोतका अनुसार थापालाई ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
News Desk 0 response आइतवार, माघ १९, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३