-
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गम्भीर संवैधानिक संकट परेका बेला अदालत कानमा तेल हालेर बसेको टिप्पणी गरेका छन् ।
एमाले झापा-काठमाडौं सम्पर्क मञ्चद्वारा बुधबार साँझ राजधानीमा रहेका झापालीसँगको अन्तरक्रियामा ओलीले संसद् पुनस्स्थापनाको मुद्दाको छिनोफानो छिटो हुनुपर्ने बताए ।
‘यस्तो बेलामा हामी न्याय माग्न अदालतमा गयौँ। अदालत कुनै सुनवाइ गरिरहेको छैन कानमा तेल हालेरै बस्या छ। म अदालत सम्मानित होस् भन्ने चाहन्छु सम्मान गर्न चाहन्छु स्वतन्त्र न्यायालयको गरिमा रहोस् भन्ने चाहन्छु । यो सरकार संवैधानिक हो कि होइन न्यायालयले भन्दिनुपर्यो । हो भन्छ भने अगाडि बढौँला’, ओलीले भने ।
अधिकांश सांसदहरूले न्यायका लागि मुद्दा हालेको भन्दै उनले भने ‘न्याय दिनु पर्दैन ? अनि चुनाव गर्न दिएर चुनावपछि न्याय निरूपण गर्ने ? मान्छे घाइते छ हामी उपचार पाऊँ भनिरहेका छौँ, उपचार नगरेर अनि मरेपछि उपचार दिने ? हामी उपचार गर्छौँ भन्दै थियौँ डाक्टरले हेर्ने तारिख पनि तोक्दै थियौँ, बिरामी मरोस् अनि अब त के गर्ने बिरामी मरिहाल्यो अब त डाक्टरले एपोइन्टमेन्टको समय दिनै परेन भन्ने फैसला गरिदिने ?
News Desk 0 response बुधबार, माघ २२, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२ -
आजदेखि संसद् अधिवेशन
बिहिबार, चैत्र १९, २०८२ -
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
बुधबार, चैत्र १८, २०८२