-
काठमाडौं –सर्वोच्च अदालतमा आजदेखि प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हिजोदेखि ६५ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको हो ।
संविधानको धारा १२९ उपधारा ९ बमोजिम वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी ग्रहण गर्ने परम्परा छ । न्याय परिषद्ले फागुन २१ गतेको निर्वाचन अगावै प्रधानको नाम एक नम्बरमा राखेर त्यसपछिको रोलक्रमका ५ जना न्यायाधीशको नामसमेत संवैधानिक परिषद्मा पठाइसकेको छ ।
नयाँ सरकार भर्खरै गठन भएको, संवैधानिक परिषदले पूर्णता पाएको अवस्था नरहेकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिको मिति थप लम्बिने निश्चित छ । परिषद्मा सदस्य रहेका सभामुख, उपसभामुख र विपक्षी दलको नेता चुनिन बाँकी भएकाले परिषद्को बैठक तत्काल बस्न सक्ने अवस्था छैन ।
अर्कोतर्फ संसदीय सुुनुवाई समिति पनि नयाँ बनिनसकेकाले परिषद्को सिफारिसमाथि सुनुवाई हुन थप समय लाग्ने छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३