• काठमाडौं – नेपाल आयल निगले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।निगम संञ्चालक समितिको २०८२ फागुन ३ गते बसेको बैठकले पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।

    नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । अव काठमाडौ उपत्यकामा पेट्रोलको १५४ रुपैया ५० पैशा कायम गरिएको छ भने डिजेल र मट्टीतेलमा तीन रुपैयाँले वृद्धि गरि १३९ रुपैया ५० पैशा कायम गरिएको छ ।