-
काठमाडौँ – राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो ।
वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ ।
० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।
काठमाडौँको हावामा पीएम२।५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६।५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ । काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।
वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न सुझाव दिइएको छ । त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ।
विश्वको सबैभन्दा प्रदूषित सहरको यो सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावको गुणस्तर ४१२ एक्यूआई रहेको छ । यसलाई निकै खतरनाक मानिन्छ ।
त्यस्तै, दोस्रो स्थानमा बंगलादेशको ढाका, तेस्रो स्थानमा भारतको नयाँ दिल्ली र चौथो स्थानमा भारतकै कोलकाता रहेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ७, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३