-
कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुआतदेखि नै दबाबमा पर्यो । टोली २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै सीमित भयो । कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन पर्याप्त भएन । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ र पवन रथ्नायकेले १० ले दोहोरो अंक छुए पनि साझेदारी लामो टिक्न सकेन ।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।
यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पनि सहज अवस्थामा भने थिएन । ८४ रनमा ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो । तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेछि न्युजिल्याण्ड बलियो अवस्थामा पुगेको थियो । सान्टनर २६ बलमा ४७ रन बनाउँदै अन्तिम बलमा आउट भए भने मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे ।
रचिन रविन्द्र ३२, फिन एलेन २८ र ग्लेन फिलिप्स १८ रनमा आउट भए । श्रीलंकाका महीश थिक्साना र दुश्मान्था चमीराले ३–३ विकेट लिए पनि निर्णायक क्षणमा रन रोक्न नसक्दा टोली महँगो साबित भयो। न्युजिल्यान्डले महत्वपूर्ण जितसँगै सेमिफाइनल दौड बलियो बनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १३, २०८२
सम्बन्धित शीर्षकहरु
टी–२० विश्वकप : आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
शुक्रबार, फाल्गुन ८, २०८२-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३