-
काठमाडौं – काठमाडौमा रहेको नामी कलेजले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विद्यलालय तथा कलेजमा आधारभुत तथा माध्यमिक तहका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि विपद् जोखिम न्यूनीकरण, भूकम्प तथा आगलागी सुरक्षा अभिमुखीकरण र व्यावहारिक अभ्यास सञ्चालन गरेको छ।

कार्यक्रममा सहभागीहरूलाई भूकम्प तथा आगलागी हुनुअघि, भइरहेको बेला र त्यसपछि अपनाउनुपर्ने सुरक्षा उपाय, आपत्कालीन निकास, सुरक्षित स्थानमा पुग्ने प्रक्रिया, जोखिम पहिचान तथा आपत्कालीन अवस्थामा शान्त र संयमित भएर प्रतिक्रिया दिने तरिका बारे जानकारी तथा ब्यवहारीक ज्ञान दिइएको थियो । साथै कार्यक्रममा व्यावहारिक सुरक्षा अभ्यासमार्फत विद्यार्थीहरूले सिकेका कुरालाई प्रत्यक्ष रूपमा अभ्यास गराइएको थियो।

कार्यक्रममा सहभागि विद्यार्थीहरूले विपद् पूर्वतयारी, सुरक्षा सचेतना, अनुशासन, सहकार्य र जिम्मेवारीको भावना विकास गर्दै आपत्कालीन अवस्थामा आफू र अरूको सुरक्षाका लागि सही निर्णय लिन सक्ने आत्मविश्वास तथा अभिवृद्धि भएको बताएका छन ।

नामी कलेजले सुरक्षित र विपद्का लागि तयार विद्यालय समुदाय निर्माणका लागि यस्ता व्यावहारिक सिकाइ तथा सुरक्षा कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको छ। कलेजले यस अघि पनि यस्ता प्रकारका कार्यक्रमहरु गदै आइरहेको छ ।
News Desk 0 response सोमवार, अशोज १२, २०८३
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३