-
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कि हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदलीको अवस्था रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण बदली रहनेछ। ती भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षा हुने सम्भावना छ। यसले चिसो बढाउनुका साथै जनजीवन, यातायात र हवाई उडानमा आंशिक असर पर्न सक्ने जनाइएको छ।
त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। उच्च भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना कायम रहेको छ।
News Desk 0 response मङ्लबार, माघ १४, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३