-
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् ।
ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । यो सैन्य टोली भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो भएको ट्रम्पको भनाइ छ ।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल ‘ट्रिगरमा औँला राखेर’ बसेको र जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन् ।
इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णत: शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लगाउँदै आएका परमाणु हतियार विकासको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।
इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी
ट्रम्पको पछिल्लो चेतावनी इरानमा हालै भएको प्रदर्शन दमनसँग पनि जोडिएको छ । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरू केही दिनमै धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने स्तरसम्म पुगेका थिए । यस क्रममा सुरक्षा बलको कडा कारबाही भएको बताइन्छ ।
अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार गत डिसेम्बर अन्त्यदेखि सुरु भएको अशान्तिमा ६ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये करिब ५ हजार ९ सय प्रदर्शनकारी रहेको दाबी छ । इन्टरनेट बन्द गरिएका कारण प्राप्त १७ हजार थप मृत्युको विवरण अझै पुष्टि हुँदै गरेको पनि सो संस्थाले जनाएको छ ।
नर्वेमा आधारित इरान ह्युमन राइट्सले भने मृतकको संख्या २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ ।
भयावह आक्रमण गर्ने अमेरिकाको चेतावनी
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको वैदेशिक सम्बन्ध समितिमा बोल्दै इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार अर्थतन्त्र धराशायी भएकाले सरकारसँग प्रदर्शनकारीको मुख्य गुनासो सम्बोधन गर्ने क्षमता छैन ।
तर ट्रम्पको पछिल्लो अभिव्यक्ति मुख्यत: परमाणु कार्यक्रममै केन्द्रित देखिएको बीबीसीले जनाएको छ । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘इरान चाँडै वार्तामा आएर निष्पक्ष सम्झौता गरोस्, परमाणु हतियार होइन’ लेखेका छन् ।
उनले खाडीमा तैनाथ अमेरिकी सैन्य शक्ति आवश्यक परे तीव्र र हिंसात्मक ढंगले मिशन पूरा गर्न तयार रहेको बताएका छन् । साथै, गत जुनमा इरानी परमाणु केन्द्रमाथि गरिएका अमेरिकी आक्रमणको स्मरण गराउँदै अर्को आक्रमण अझै भयावह हुने चेतावनी समेत दिएका छन् ।
News Desk 0 response बुधबार, माघ १५, २०८२
सम्बन्धित शीर्षकहरु
-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२