-
काठमाडौ – प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको चुनावी प्रचार अभियानमा भदौ २४ गतेको विध्वंशमा संलग्न महिला पनि सक्रिय भएको पाइएको छ । बालेन पत्नी सविना काफ्लेको जारी घरदैलो अभियानमा सक्रिय एक महिला सिंहदरबार जलाउने कार्यमा संलग्न थिइन् ।
हाल सुदूरपश्चिमको यात्रामा रहेका बालेन पत्नी र उनको टिमले केही दिनयता झापा ५ का विभिन्न भागमा पुगेर भोट मागिरहेको छ । उनीसँगै एक महिला पनि घरदैलो अभियानमा देखिएकी छन् । भदौ २४ गते सिंहदरबारको मूलगेट तोडफोड हुँदै गर्दा उत्साहित भएर रमाएको तस्बिर सामाजिक सञ्जालमा सर्वत्र छ ।
जेनजी विध्वंशमा सिंहदरबार खरानी बनाउन संलग्नमध्येकी एक ती महिला सविनाको टिममा देखिनुले विभिन्न आशंका उत्पन्न गराएको छ । कुनैबेला ‘सिंहदरबार जलाइदिन्छु’ भनेर धम्की दिएका बालेनको चुनावी अभियानमा ती महिलाको आवद्धताले सुनियोजित षड्यन्त्रको आशंका र आरोपमा थप बल पुगेको छ । -जनआस्थाबाट
News Desk 0 response बिहिबार, माघ १६, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३