-
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिपक्व र दूरदर्शी नेतृत्वका कारण निर्वाचन प्रक्रिया सुनिश्चित भएको बताएका छन्।
बिहीबार कैलाली–२ क्षेत्रमा आयोजित कांग्रेसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि बनेको सरकारले निर्वाचनको मिति घोषणा गरिसके पनि देशभर निर्वाचन हुने नहुने भन्ने अन्योलको अवस्था सिर्जना भएको उल्लेख गरे। यस्तो परिस्थितिमा सभापति देउवाले पार्टीभित्र देखिन सक्ने विभाजन र निर्वाचन प्रभावित हुने गतिविधि रोक्न जिम्मेवार पहल गरेको उनको भनाइ थियो।
शाहका अनुसार देउवाले पार्टीमाथि दबाब र आलोचना हुँदा पनि संयमता अपनाउँदै सार्वजनिक विवादमा नबोली मुलुक र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकतामा राखे। “पहिला देश, त्यसपछि पार्टी र अन्त्यमा व्यक्ति” भन्ने नीति अनुरूप देउवाले कांग्रेस र निर्वाचन दुवै जोगाउन महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री शाहले बताए।
News Desk 0 response शुक्रबार, माघ १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३