-
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् । उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।
News Desk 0 response शनिबार, माघ १८, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
आजदेखि संसद् अधिवेशन
बिहिबार, चैत्र १९, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२ -
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण
बुधबार, चैत्र १८, २०८२