• नारिता – जापान भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमण सकेर आज नारिता विमानस्थलबाट स्वदेश प्रस्थान फर्केका छन् ।

    जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान आएका थिए ।

    जापान भ्रमणक्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए । उनले समारोहमा सम्बोधन पनि गरे ।