-
आर थापा-
यदि रवि लामिछाने चितवन – २ वटा निर्वाचित भएपछि जित्नेबित्तिकै निलम्बित हुनेवाला छन्, उनै रविले अरू दललाई प्रतिपक्षमा रहन समेत योग्य नभएको भन्दै भाषण गर्नु लोकतन्त्रमा विरलै देखिने कुरूप दृश्य हो । आफैं संसद भवन छिर्न योग्य छैन, उसैले प्रतिपक्षी को हुने र को नहुने भन्दै हिँड्न सुहाउँछ ?उनी यसअघि २०७९ मा शानदार बिजयी भएर आए अनि शानदार रूपमा निलम्बित भए । नागरिकता फ्रड गरेका उनको निकितासँगको बिहेसमेत बदर भयो । उनकै फ्रडका कारण चितवनमा करोडौं खर्च गरेर अर्को निर्वाचन भयो । मतदाताले फेरि जितेर पठाए, अनि फेरि सहकारी कान्डमा निलम्बित !
यसपाली उनले चुनाव लड्ने सुविधा त पाए, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको अभियोग लागेकाले पनि चुनाव लड्न पाउनेु भनेर पुरानाले आफ्ना लागि बनाएको कानूनअन्तर्गतको सुविधा लिएका रविले आफू नयाँ हो भनेको सुहाउन्न ।
सायद, चितवन २ का मतदाता अहिले पनि झुक्किनेवाला छन । आफूले छानेर पठाएको प्रतिनिधि २र२ पटक निलम्बित भैसक्यो । तेस्रोपटक मत दिए भने जित्नेबित्तिकै निलम्बित ! सपथसमेत पाउने छैनन रवि लामिछानेले, १६४ निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद भवन छिर्दा चितवन-२ खाली हुनेछ । त्यहाँका जनताको आवाज संसदमा सुनिनेछैन । अर्थात्, बाँकी निर्वाचन क्षेत्रका जनताको मतले मूल्य पाउनेछ भने, त्यहाँका जनताले दिएको मतको मूल्य शून्य हुनेछ ।
एउटा गम्भीर अपराधको अभियुक्त, जो सांसद बन्न योग्य छैन । जसको एक वर्षमा २ सय दिन अड्डा अदालत घुमेर बित्छ । अझै पनि त्यस्तालाई भोट हाल्छु भन्दै हिँड्नेहरू मेरो विचारमा कहीँ न कहीँ गलत हिसाबले प्रभावित पारिएका, आफैंले सोच्न र स्वतन्त्रतापूर्वक निर्णय लिन नसक्ने, कसैको कलुषित विचारद्वारा बन्धक गरिएका र कहीँ न कहीँ मानसिक रूपमा कमजोर व्याक्तिहरू हुन् ।
मेरो एउटा अपील छ, चितवन-२ का सबै मतदाताका लागि । जतिसुकै घन्टी र रविप्रेमी भएपनी यसपटक सांसद नै हुन अयोग्य मान्छेमा भोट हाल्नुभन्दा जुनसुकै पार्टी या स्वतन्त्र अर्को उम्मेदवार, जो अलि तुलनात्मक रूपमा राम्रो छ, त्यसलाई यसपटक भोट हालेर पठाउनुहोस । तपाईको मतको मूल्य कायम हुनेछ । संसदमा तपाईको प्रतिनिधित्व हुनेछ । अन्यथा निर्वाचन भएपनि जनप्रतिनिधि विहिन हुनसक्छ चिनवन – २ ।
चुनाव अर्कोपटक पनि हुने चीज हो । अदालती परीक्षणपछि रवि जब निर्दोष बनेर आउनेछन, तब अर्को रविलाई नै शानदार ढंगले जिताएर पठाए हुन्छ । लोकतन्त्रमा जनताको पनि परीक्षा हुनुपर्छ । विवेक बन्धक राखेर निर्णय लिनेहरू प्रत्येक मान्छे यो धर्तीका बोझ हुन् ।
News Desk 0 response शनिबार, माघ २५, २०८२
सम्बन्धित शीर्षकहरु
कैलाली–४ मा लगानी, रोजगारी र पूर्वाधार विकासको एजेन्डासहित उम्मेदवार भट्ट मैदानमा
मङ्लबार, माघ २८, २०८२-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३