-
काठमाडौँ — उज्यालो नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीले आइतबार घोषणापत्र सार्वजनिक गरेका छन् । उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा सांसदको संख्या घटाउने र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिने भनिएको छ ।
यस्तै, अन्तरजिल्ला र विदेशबाट मतदानको व्यवस्था गर्ने र स्थानीय निर्वाचनलाई दलविहीन बनाउने उनेपाले उल्लेख गरेको छ । ‘विकासलाई गति दिन र विकासमा दलगत स्वार्थभन्दा साझा सहमति कायम गरेर संस्कारको विकास गर्न स्वतन्त्र उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने गरी स्थानीय निर्वाचनलाई निर्दलीय बनाइनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘मतदाताले विरोध मत दर्ता गर्न मतदानपत्रमा कुनै पनि होइन भन्ने विकल्प रोज्ने व्यवस्था गरिनेछ ।’
उनेपाले दलीय ट्रेड युनियन खारेज गर्ने प्रतिबद्धता गरेको छ । ‘राजनीति दलको भ्रातृ संगठनका रूपमा खुलेका ट्रेड युनियनहरू खारेज गरी निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीको हकहितमा काम गर्ने गरी एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्ने व्यवस्था गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ । सरकार गठन भएपछि हरेक वर्ष चुनावी प्रतिबद्धतामा उल्लेख भएका विषयमा रिपोर्ट कार्ड सार्वजनिक गर्ने पनि अध्यक्ष घिसिङले बताए ।
संविधान संशोधनमार्फत सुशासनको हक कायम गर्ने भन्दै उनेपाले नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरुद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकका रूपमा स्थापित गरिने भनेको छ । प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ कायम तथा प्रदेशसभाको सदस्य संख्या पनि कटौती गरी ५५० बाट ३३० कायम गर्न प्रस्ताव गरिने प्रतिबद्धतामा उल्लेख छ ।
संघमा १५ मन्त्रालय र प्रदेशमा ५ देखि ७ मन्त्रालयमा सीमित गरी मन्त्रिमण्डलमा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्थाका लागि पहल गरिने र प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशका मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गरिने उल्लेख छ ।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३