-
काठमाडौं – दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै नेपाल बन्दलगायतका आन्दोलन घोषणा गरेको छ । सचिवालयले सरकारले विना कुनै ठोस आधारमा हिरासतमा राखेको घटनामा आपत्ति जनाएको छ ।
सचिवालयले विज्ञप्ति जारी गर्दै नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै सरकारले देखाएको यो दमनकारी कदम पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ, यो अन्यायको विरुद्ध र उहाँको ससम्मान रिहाइका लागि हामीले पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेकाले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न विवश भएका छौँ ।
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
सचिवालयले बौद्ध किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनस्थापनापछि मात्रै चुनाव गर्न आह्वान गरेको छ । महाअभियानले उठाएका २७ बुँदे माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
सम्बन्धित शीर्षकहरु
-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२