-
पोखरा – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले फेरि आफ्नो आत्मकथा बेच्न सडकमा निस्किने भएका छन् ।
आफ्नो आत्मकथा बिक्री गर्दै देश दौडाहा गरिरहेका पुनलाई सडकमा बसेर किताब नबेच्न र यो कानुन विपरीत भएको भन्दै धेरैले सुझाएका थिए । पुनले फेसबुकमा स्टाटस लेख्दै नदीपुरमा किताब बेच्न लागेको जानकारी गराए । ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिर देखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु,’ उनले भने ।
निर्वाचित भएपछि केही दिन किताब बेचेका उनले पछिल्लो समय म्याग्दीका ६ वटै स्थानीय तहमा पुगेर जनप्रतिनिधि र स्थानीयसँग विकास र बजेटबारे छलफल सकेर फर्किएका छन् । अझै शपथ नहुने देखेपछि किताब बेच्न निस्किएको उनले सुनाए । ‘अनि के गरेर बस्ने त नि मेयर साहब रु गाह्रो पिरो नमान्नु होला,’ पुनले अघि भने । पुनले आफ्नो आत्मकथा बिक्रीबाट आएको रकम वीरगन्जमा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि खर्च गरिरहेको बताएका छन् ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३