• इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ । अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ ।

    इराकी गृह मन्त्रालयले अपहरणकारीलाई पछ्याउने क्रममा एकजनालाई पक्राउ गरिएको छ ।

    अपहरणकारीहरु इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियासँग आबद्ध छन् । पछिल्लो समय इरानको पक्षमा इराकका इस्लामिक मिलिसियाले पनि अमेरिकी ठेगानाहरुमाथि हमला गरिरहेका छन् ।