-

१० माघ, काठमाडौं । आईसीसीले टी-२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको हो ।
बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो । आईसीसीले पनि विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताउँदै आएपनि बंगलादेश पनि आफ्नो निर्णयबाट पछि हटेको थिएन ।
बिहीबार नै बीसीबी, राष्ट्रिय टिमका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच ढाकामा भएको बैठकपछि पनि बंगलादेशले टी-२० विश्वकप भारतमा खेल्न नजाने अडान कायमै राखेको थियो ।
बुधबार भएको आईसीसी बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै, भारतमा खेल्न नगएमा बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो।
यसकारण अब बंगलादेशको स्थानमा स्कटल्यान्डले मौका पाउने भएको छ । स्कटल्यान्ड यूरोप छनोट पार गर्न नसक्दा विश्वकपमा छनोट भएको थिएन ।
बंगलादेश नखेलेको अवस्थामा हाल विश्वकपमा खेल्नेबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाएको हो ।
आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि बीसीबी र भारतीय क्रिकेट बोर्डबीच विवाद सुरु भएको थियो ।
त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा समेत प्रतिबन्ध लगाएको थियो भने बीसीबीले भारतमा विश्वकप नखेल्ने पत्र आईसीसीलाई पठाएको थियो।
News Desk 0 response आइतवार, माघ १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
आजदेखि संसद् अधिवेशन
बिहिबार, चैत्र १९, २०८२ -
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२