-
काठमाडौं – पूर्व प्रधानमन्त्री एंव नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।
उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् । अस्पताल स्रोतले अनुसार उनलाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो (घ्यार–घ्यार) हुने समस्या देखिएको छ । ‘टिचिङ अस्पतालमा क्याबिन नपाएपछि मनमोहनमा राखेर उपचार गरिएको हो । उपचार भने त्रिविकै छातीरोग विभागका चिकित्सकले गरिरहनुभएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।
बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका थिए ।
News Desk 0 response बुधबार, माघ १५, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३