-
एजेन्सी – पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटको मुख्य योजनाकार पक्राउ परेका छन्।
इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा ३१ जनाको मृत्यु हुनेगरी भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेको पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले बताएका छन्।
शनिबार पत्रकार सम्मेलनमार्फत गृहमन्त्री नकवीले घटनामा संलग्न चारजना मध्ये एक जना मुख्य योजनाकार रहेको बताएका हुन्।
गृहमन्त्री नक़वीले विस्फोटको योजनाकार आईएसआईएससँग सम्बन्धित एक अफगान नागरिक रहेको दाबी गरेका छन्। उनले आक्रमणको सम्पूर्ण योजना र प्रशिक्षण अफगानिस्तानमै भएको बताएका छन्।
‘हामीसँग अहिले हिरासतमा रहेका व्यक्तिहरूले आक्रमणकारीलाई कसरी पाकिस्तान ल्याइयो र कसरी प्रशिक्षण दिइयो भन्नेबारे विस्तृत जानकारी दिएका छन्,’ गृहमन्त्री नकवीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।
शनिबार नै घटनाको जिम्मेवारी आईएसआईएसले जिम्मेवारी लिएको थियो। गृहमन्त्री नकवीले अफगानिस्तानसँगै भारतलाई पनि घटनाको प्रायोजक भनेर आरोप लगाएको छ।
उनले अफगानिस्तानबाट सञ्चालन भइरहेका आतंकवादी सञ्जाललाई भारतले आर्थिक सहयोग गरिरहेको दाबी गरे, तर ती दाबीका समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेनन् भनेर बिबिसीले लेखेको छ।
यसप्रति प्रतिक्रिया जनाउँदै भारतको विदेश मन्त्रालयले पाकिस्तानका आरोपहरूलाई आधारहीन भन्दै खारेज गरेको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा इस्लामाबादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय रहेको र भारतले ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको जनाएको थियो।
News Desk 0 response शनिबार, माघ २५, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३