-
बुटवल- जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।
‘उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताको मनोभावना एमाले भन्दा अरू देखिएन, पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको हुँ,’ यादवले पत्रकार सम्मेलनमा भने।
पत्रकार सम्मेलनपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आजैका दिनदेखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने बताए।
‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यादवले अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित हुने देखिएको समेत दाबी गरे।
यादवलाई रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार वासुदेव घिमिरे, क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादव, एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकाल, गुमादेवी आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले एमालेमा स्वागत गरेका थिए।
यादवको समर्थन पाएसँगै एमालेका तर्फबाट उम्मेदवार रहेका वासुदेव घिमिरेले जितको सुनिश्चितता बढेको भन्दै खुसी व्यक्त गरे। क्षेत्र नं. ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेका छन्।
सो अवसरमा एमाले जिल्ला अध्यक्ष गैरेले निर्वाचनको सम्मुखमा यादवको पार्टी प्रवेशले अन्य क्षेत्रको तुलनामा अलि कमजोर देखिएको क्षेत्र नं. ४ मा समेत एमाले बलियो बनेको दाबी गरे। क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादव पनि उम्मेदवारी दर्ताको अन्तिम समयमा एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
आजदेखि संसद् अधिवेशन
बिहिबार, चैत्र १९, २०८२ -
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२