-
काठमाडौं – निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् । घिसिङले काठमाडौँ ३ का विभिन्न क्षेत्रहरुमा समुह बनाएर भोट मागिरहेका छन । उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङले काठमाडौँ ३ बाट उम्मेदवारी दिएका छन् । उनी यतिवेला घरदैलो कार्यक्रममा व्यस्त छन् । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ४ देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ । काठमाडौं ३ मा नेपाली काँग्रेसबाट रमेश अर्याल, नेकपा एमालेबाट रामेश्वर फुय्याल, रास्वपाबाट राजुनाथ पाण्डे, नेपाली कम्प्युनिष्ट पार्टिबाट निरज लामा सहित २२ जनाले उम्मेदवारी दिएका छन । आसन्न निर्वाचनमा कुल तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । आयोगले उम्मेदवारहरूलाई चुनाव प्रचारका लागि बिहान ७ देखि साँझ ७ बजेसम्मको समयसीमा तोकेको छ । News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३