-
काठमाडौं – अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।
प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा ‘कनेक्सन’ देखिएको छ । अधिकारी अहिले भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय डिल्लीबजारमा छन् । अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितातबारे आफुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको सुराक पाएपछि अधिकारीले अख्तियार प्रमुख राईलाई धम्क्याउन पाठकलाई ‘प्रयोग’ गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘यसमा केही रकम लेनदेन भएको देखिन्छ, हामी पुष्टि गर्ने प्रक्रियामा छौँ ।’ प्रहरीसँगका बयानमा पनि पाठकले प्रदीप अधिकारीसँगको सम्पर्कबारे खुलाएका छन् । पाठकको बयान प्रमाणित भइसकेको छैन ।
पाठकले धम्क्याएर सामाखुसी स्थित एक डेन्टल कलेज सञ्चालकसँग पनि ५ लाख नगद लिएको भेटिएको छ । ती कलेज सञ्चालकले प्रहरीमा जाहेरी दिएका छैनन् । अनुसन्धान अधिकृतहरूका अनुसार पाठकले विभिन्न देशमा पुगेर धम्की दिँदै २ करोड भन्दा धेरै रकम असुलेको भेटिएको छ ।
२०८० सालमा मुलुक छाडेर विदेशमा बस्दै आएका पाठक पछिल्लो समय विभिन्न देश घुमेर फिलिपिन्स पुगेका हुन् । २०७७ साल तिर उनले भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने काम गरेका थिए । पछिल्लो समय ‘थर्काएपछि पैसा आउँछ’ भन्ने मनोविज्ञान बनाएर पाठकले सामाजिक सञ्जालबाट धम्क्याउने गरेको भेटिएको छ ।
पाठकको मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्यावमा पठाइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भने, ‘विभिन्न कोणबाट उनीबारे अनुसन्धान भइरहेको छ ।’
पाठकविरुद्ध वैदेशिक रोजगार ठगीमा अहिलेपनि दुईवटा मुद्दा चलिरहेको भेटिएको छ । उनले न्युजिल्याण्ड र रसिया पठाउँछु भनेर रकम ठगी गरेको आरोप छ । सुरुमा बिडिएस पढेका पाठकले पछि त्रिभुवन विश्वविद्यायलबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । पाठकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन ७, २०८२
सम्बन्धित शीर्षकहरु
-
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२ -
आजदेखि एसइई परीक्षा
बुधबार, चैत्र १८, २०८२ -
आजदेखि संसद् अधिवेशन
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
मङ्लबार, चैत्र १७, २०८२ -
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बस्दै
मङ्लबार, चैत्र १७, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२ -
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बस्दै
बुधबार, चैत्र १८, २०८२