• काठमाडौं —  नेतृत्वदायी भूमिका निभाउन नसकेर निर्वाचनमा पराजय भए  नेतृत्वबाट अलग हुने गगन थापाले गत २६ असोजमा भने अनुसार नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिन लागेको हुन । राजनैतिक विश्लेषक पिताम्बर आचार्यका अनुसार “उनले नैतिकता देखाई राजिनामा दिए राजनीतिमा नेतृत्वको उत्तरदायित्व र परिणाममुखी संस्कार देखिने गर्छ।”

    उनी संगै उपसभापति, महामन्त्रीहरु र सहमहामन्त्रीहरुले पनि राजीनामा दिन लागेको नेपाली काँग्रेसका नेताले जानकारी गराए ।

    हाल  थापाले कुनै औपचारिक राजीनामा घोषणा गरेका छैनन्। तर, उनले व्यक्त गरेको धारणा अनुसार भविष्यमा नेतृत्वका लागि उपयुक्त नभए आफू पदबाट अलग हुन तयार रहेको बताइएको छ।