-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल भ्रमणमा जान लागेका हुन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १८ गते राति नेपाल एयरलाइन्सको उडानमार्फत जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कनेछन्।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने तालिका छ। सोही दिन उनले जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।
भ्रमणकै दौरान जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन्। साथै, राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठक गर्ने र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान समारोहमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलको भ्रमण टोलीमा उनकी धर्मपत्नी सविता पौडेलसहित उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी रहनेछन्।
News Desk 0 response बिहिबार, माघ १६, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३