• काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा निर्वाचन झापा ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए । बालेन हाल चुनावी प्रचारका लागि कर्णाली रहेका छन् । घरमा को को थिए ? के के सामानहरु चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।