-
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा आफ्नो अभिव्यक्तिमा फेरबदल गरेका छन्। पहिले बैशाखमै कांग्रेसको नियमित महाधिवेशन गर्ने योजना घोषणा गरेका थापाले अब प्रदेश र स्थानीय निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुने बताएका छन्। शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा थापाले यसबारे जानकारी दिएका हुन्।
कार्यक्रममा उनले कांग्रेसको नयाँ महाधिवेशनले पार्टीभित्र निर्वाचन टिकट बाँडफाँटको प्रक्रिया तल्लो तहबाट शुरू हुने बताए। थापाले स्पष्ट पारे कि कांग्रेसले न त पार्टीभित्र भागबन्डा गर्नेछ, न त बाहिर, र सबै सदस्यलाई समान व्यवहार गरिनेछ। सभापति थापाले पार्टी परिवर्तनको मार्गमा अघि बढिरहेको र यस परिवर्तनले देशमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापाले लामो समयसम्म आफ्नो पुरानो टिमकै आधारमा काम नगर्ने र नियमित महाधिवेशन बैशाखमै गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
News Desk 0 response शुक्रबार, माघ १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३