-
काठमाडौं – बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो ।
२९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ । बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।
जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् ।
सत्तामा बीएनपीको बलियो पुनरागमन
करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले यस चुनावमा उल्लेखनीय पुनरागमन गरेको छ । बीएनपीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ ।
बिहीबार मतदानपछि बीएनपी अध्यक्ष तारिक रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए ।
News Desk 0 response बिहिबार, माघ ३०, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३