-
काठमाडौं – टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । मंगलबार साँझ मुम्बईमा सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । नेपालको यो २०१४ विश्वकपपछि पहिलो जित हो । १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पाी खेले । उनले अविजित ५० रनको योगदान दिए । कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ तथा गुलशन झा २४ रनमा नटआउट रहे ।
बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।
उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
समूह सी मा रहेको नेपालले अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्यो । यस समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर एटमा स्थान बनाउँदा नेपाल र स्कटल्यान्डसहित इटाली समूह चरणबाट बाहिरिए ।
News Desk 0 response मङ्लबार, फाल्गुन ५, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३