-
डडेल्धुरा – ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौंको आयोजनामा श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुरामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मंगलबार विद्यालयमा रहेको युवा रेडक्रस सोसाइटी र महेन्द्र नमुना बाल क्लवका पदाधिकारीहरु लाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमा यौन तथा प्रजनन स्वाथ्य अधिकारका महत्वहरु का साथै किशोरा अवस्थामा आउने शारीरीक तथा मानसिक अवस्था र यस समयमा अपनाउन पर्ने सावधानिहरुका बारेमा छलफल गरिएको थियो साथै नेपालमा गृभपतनका विषयमा रहेका कानुनि प्रावधकानहरु, यौन सम्पर्कबाट सर्ने संक्रमण, संक्रमणहरु सर्ने कारणहरु र यस बाट बच्ने उपायहरुका बारेमा विद्यार्थीहरुलाई समुह छलफल तथा प्रस्तुतीकरणका माध्यमबाट सहजीकरण गरिएको थियो ।
रुडुकद्धारा पपुलेसन कनेक्सनको सहयोगमा संञ्चालीत किशोरी सशक्तिकरण परियोजना अन्तर्गत परियोजनाका संयोजक आयुषा श्रेष्ठले कार्यक्रममा सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । परियोजनाले विद्यालयमा महिला स्वास्थ्य, सशक्तिकरण कार्यक्रमका साथै विद्यालयलाई विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गदै आइरहेको छ । कार्यक्रममा रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदको पनि सहभागिता रहेको थियो ।
News Desk 0 response सोमवार, अशोज १९, २०८३
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३