ब्रेकिंग न्युज

सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो

काठमाडौं – आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुलेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला भएका हुन् ।...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो...

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । दिउँसो २ बजे सुरु हुने बैठकको सम्भावित कार्यसूचीको बुँदा नम्बर ७...

आजदेखि एसइई परीक्षा

काठमाडौं- आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा...

आजदेखि संसद् अधिवेशन

काठमाडौं- गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बिहीबार दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले...

सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौं –सर्वोच्च अदालतमा आजदेखि प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हिजोदेखि ६५ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको हो । संविधानको...