-
काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ।
नेपालले दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको शतकिय साझेदारीको मद्दतमा युएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेटको क्षतिमा पार गरेर सानदार जित निकालेको हो।
दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। आक्रामक ब्याटिङ गरेका आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ८-८ रनमा आउट भए। कप्तान रोहित पौडेलले रनआउट हुनुअघि १६ रन जोडे।
पी चिदम्बरमा रंगशालामा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णयसँगै पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो।
युएईका ओपनर तथा कप्तान मोहमद वासिम ६ रनमा आउट भए। उनलाई पहिलो ओभरमै करण केसीले बोल्ड गरेका थिए। अर्का ओपनर आर्यांश शर्मालाई सन्दीप लामिछानेले कप्तान रोहित पौडेलबाट २५ रनमा क्याच गराए। उनले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।
अलिसन शराफूलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गराए भने ऐरीले नै मोहमद जोहाइबलाई १९ रनमा बोल्ड गरेका थिए। मयंक कुमारलाई सन्दीपले ४ रनमा एलबिडब्लूको धरापमा परेका थिए।
११।३ ओभरमा ५ विकेटको क्षतिमा ६६ रन जोडेको युएईका लागि हर्षित कौशिक र मयंक कुमारको जोडी जमेको थियो। उनीहरुबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भयो।
कौशिकले २४ बलमा ३५ रन र मंयकले २७ बलमा नटआउट ३८ रन बनाए। बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले २(२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।
नेपालले विश्वकपअघि दोस्रो वार्म अप खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुँदैछन्। यी खेलपछि नेपाली टोली मुम्बई फर्कनेछ।
News Desk 0 response मङ्लबार, माघ २१, २०८२
सम्बन्धित शीर्षकहरु
टी–२० विश्वकप : आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
शुक्रबार, फाल्गुन ८, २०८२-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
आजदेखि संसद् अधिवेशन
बिहिबार, चैत्र १९, २०८२ -
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२