-
मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबारको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।
समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्बे पुगे । समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ मा स्थान पक्का गरेका हुन् ।
सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाबे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् ।
बुधबार कोलोम्बोमा भएको खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो । पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो ।
नामिबियाका लागि लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए । बलिङमा पाकिस्तानका उस्मान तारिकले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले शाहिबजादा फरहानको शतकमा १९९ रनको स्कोर खडा गरेको थियो । फरहानले ५८ बलमा शतक पूरा गर्दै अविजित रहे । यो टी-२० विश्वकपको तेस्रो शतक हो । बलिङमा नामिबियाका ज्याक ब्रासेलले सर्वाधिक २ विकेट लिए ।
बलिया मानिएका अस्ट्रेलिया, अफगानिस्तान, आयरल्यान्डसहितका राष्ट्रहरु समूह चरणबाटै घर फर्किए । नेपाल पनि एक जित र तीन हारका साथ विश्वकपबाट बाहिरिएको थियो ।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
सम्बन्धित शीर्षकहरु
टी–२० विश्वकप : आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
शुक्रबार, फाल्गुन ८, २०८२-
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२ -
आजदेखि एसइई परीक्षा
बुधबार, चैत्र १८, २०८२ -
आजदेखि संसद् अधिवेशन
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
मङ्लबार, चैत्र १७, २०८२ -
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बस्दै
मङ्लबार, चैत्र १७, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकारको अपहरण
बुधबार, चैत्र १८, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२ -
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बस्दै
बुधबार, चैत्र १८, २०८२