-
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले मानव अधिकार आयोगसमक्ष बयान दिएका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न नदिए पनि उनलाई आयोगले सोधपुछका लागि बोलाएको थियो ।
आइतबार मध्यराति एसपी खड्काकै नेतृत्वको टोलीले राणालाई शयन कक्षबाटै नियन्त्रणमा लिएको थियो । एसएसपी खड्काले आफूले ‘आदेश पालना गरेको’ बयान दिएका छन् ।आयोगसम्मक्ष उनले आफूले हरेक काम आदेशानुसार गरेको भनेका हुन् । उनी केही बेरअघि आयोगबाट बाहिरिएका छन् । आयोग स्रोतका अनुसार उनीमाथिको अनुसन्धान जारी रहेको र प्रारम्भिक चरणको बयानमात्र भएको छ ।
आयोगमा कार्यरत उपसचिव दर्जाकी एक अनुसन्धान अधिकृतले उनीसँग बयान लिएकी थिइन् ।राणालाई अपराध अनुसन्धान कार्यालयमा शनिबार रातिदेखि आइतबार अपराह्नसम्म नियन्त्रणमा राखिएको थियो । पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयबारे बुझ्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली पुग्दा भेट्न दिइएको थिएन ।‘पूर्वप्रधानन्यायाधीशको बिनाकारण पक्राउ र आयोगले अनुगमन गर्न जाँदा सम्बन्धित व्यक्तिलाई भेट्ने अनुमति नदिइनु गम्भीर घटना हो, त्यसबारे अनुसन्धान जारी छ’, आयोग स्रोतले भन्यो ।
उक्त घटनाको अनुसन्धानका क्रममा आवश्यकताअनुसार अन्य व्यक्ति र निकायसँग पनि सोधपुछ हुनसक्ने स्रोतले जनाएको छ ।
News Desk 0 response सोमवार, अशोज १२, २०८३
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३